netra bikram chanda biplab

विप्लव समूहका बारा सेक्रेटरी पक्राउ

बारा, २७ भदौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका बारा जिल्ला सेक्रेटरी आतिश मिश्रालाई आज शुक्रवार प्रहरीले वीरगंजको श्रीपुरबाट पक्राउ गरेको छ ।

biplavजिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले मिश्रालाई श्रीपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
फरार रहेका अभियुक्त मिश्रामाथि हत्या, डाँका, फिरौती, चन्दा आतङ्कलगायतका आधा दर्जन भन्दा बढी मुद्दा रहेकाले पक्राउ गरिएको प्रहरीको दावी छ ।

पक्राउ परेका मिश्रालाई बारा जिल्ला अदालतमा आज म्याद थपका लागि बुझाईएको र अदालतले अनुसन्धानका लागि पाँचदिनको म्याद थपेको प्रहरी जनाएको छ ।

About indreni Newsdesk