police

बैंकको १८ करोड अनियमिततामा थप एक जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, २७ भदौ । दाङको नारयाणपुरमा रहेको देव विकास बैंकको १६ करोड ९९ लाख अनियमितिता गरेको आरोपमा दाङ प्रहरीले आज थप एक जनालाई नियन्त्रणमा लिएको छ ।

policeबैंक नारायणपुर शाखाका प्रवन्धक समिर बुढाथोकीलगायत अन्य केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आज नियन्त्रणमा लिएका व्यक्तिको परिचयभ ने प्रहरीले खुलाएको छैन ।

About indreni Newsdesk