malesiya

मलेसिया जान अब पैसा नलाग्ने

काठमाडौँ, २७ भदौ । एक वर्षभन्दा बढी समयदेखि बन्द भएको मलेसियाको रोजगारी खुला भएको छ । नेपाली श्रमिकले मलेसियामा शून्य लागतमै जान पाउने भएका छन् भने विगतको तुलनामा सामाजिक सुरक्षासमेत प्रभावकारी हुनेछ ।

malesiyaनेपाल र मलेसिया सरकारबीच यसअघि भएको द्विपक्षीय सम्झौताअनुरूप नेपाली श्रमिक मलेसियामा लैजाने गरी बिहीबार सहमति भएपछि रोजगारीको ढोका पुनः खुलेको हो । मलेसियामा तीन दिनसम्म दुई देशका प्राविधिक समितिबीच भएको बैठकले बिहीबार गरेको सहमतिले शून्य लागत र सामाजिक सुरक्षालाई निष्कर्षमा पु¥याएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा। रामप्रसाद घिमिरे नेतृत्वको नेपाली टोलीले तीन दिनकोे छलफलपछि नेपाली श्रमिक लैजानेबारे दुई देशबीच सहमति जुटाउन सफल भएको हो । मलेसियाबाटै डा. घिमिरेले भने, “सम्झौताअनुसार नै शून्य लागतमा नेपाली श्रमिक मलेसियाले लिने सहमति भएको छ ।”

पछिल्लो सहमति र कार्यविधिबारे उनले भने, “तत्काल यसअघि मलेसिया जाने श्रमिकका लागि स्वास्थ्य परीक्षण गर्दै आएका संस्थाबाट गराइनेछ र आउँदो नोभेम्बरबाट भने नेपालीले नै छनोट गरेका स्वास्थ्य संस्थाबाट परीक्षण गराएर मात्रै पठाउने गरी सहमति भएको छ ।’’ मलेसिया सरकारले नेपालको प्रस्तावअनुसार ती स्वास्थ्य संस्था खारेज गरिनसकेको र त्यसका लागि समय लाग्ने भएकाले तत्कालका लागि ती संस्थाबाटै निरन्तरता दिने सहमति भएको उनले स्पष्ट पारे ।

नेपाल र मलेसिया सरकारबीच गत वर्षको कात्तिक १२ गते शून्य लागतमा नेपाली श्रमिक लैजानेबारे सहमति भएको थियो  गोरखापत्रमा खबर छ। नेपाली श्रमिक जाने प्रक्रियादेखि त्यहाँ पुगेर काम नगर्दासम्म लाग्ने र्खच रोजगारदाताले बेहोर्ने गरी सहमति भएको थियो । सहमतिपछि बाँकी रहेका विषयलाई टुङ्गो लगाउन दुवै देशमा प्राविधिक समिति गठन गरिएको थियो । ती समितिको चरण चरणमा बैठकपछि बल्ल यस विषयमा अन्तिम टुङ्गो लागेको हो ।

२०७५ साल जेठ २ गतेदेखि बन्द रहेको मलेसिया रोजगारी खुलाउन मलेसियाली उच्च अधिकारीसहित नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. घिमिरेको नेतृत्वमा परराष्ट्र र कानुन, न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधिसहितको टोली गत सोमबार मलेसिया गएको थियो ।

About indreni Newsdesk