rainnn

अझै तीन दिन मनसुन सक्रिय हुने

काठमाडौँ, २६ भदौ । नेपालमा अझै तीन दिन मनसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

rainnnमनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको र न्यूनचापीय रेखा उत्तरतिर सर्नै क्रम शुरु भएकाले अझै केही दिन वर्षात हुने बताइएको छ ।

न्यूनचापीय रेखासँगै बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावाको प्रभावका कारण मनसुन सक्रिय भएको मौसमविद्को भनाइ छ ।

About indreni Newsdesk