bbbb

प्रतिष्ठानको पत्रप्रति प्रेस संगठनको आपत्ती

इन्द्रेणी संवाददाता
दाङ, २५ भदौ । प्रेस संगठन दाङले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भदौ १५ गते जिल्ला प्रहरी कार्यालय दाङलाई लेखेको पत्रको सम्वन्धमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

bbbbसमाचार संकलनका क्रममा गएका पत्रकारहरुलाई प्रतिष्ठानका रजिष्टारमाथि दुव्र्यवहार गरेको घटनामा संलग्न भएको भनी बदनाम गर्न खोजिएको भन्दै यो कार्य निन्दनीय भएको जनाएको छ ।

कार्यदलका जेएन सागर, प्रकाश चौधरी, पाण्डव शर्मा र प्रेमबहादुर राम्जाद्धारा जारी सयुक्त विज्ञप्तिमा भनिएको छ, ‘छानीछानी प्रेस संगठनमा आवद्ध निर्दोष पत्रकारहरुलाई पञ्चायतकालिन शैलीमा प्रतिष्ठानले फसाउन खोजेको स्पष्ट देखिन्छ । तसर्थ प्रतिष्ठानको यस प्रकारको हर्कत प्रेस स्वतन्त्रता विरुद्धको गम्भिर कदम भएको संगठनको ठहर छ ।’

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com