Prime Minister KP Sharma Oli at an interaction with the Reporters' Club Nepal Deusi Bhailo team, in Kathmandu, on Friday, November 13, 2015. Photo: RSS
Prime Minister KP Sharma Oli at an interaction with the Reporters' Club Nepal Deusi Bhailo team, in Kathmandu, on Friday, November 13, 2015. Photo: RSS

मुटुको जाँच गराउन प्रधानमन्त्री शिक्षण अस्पताल

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर स्वास्थ्य परीक्षण गराएका छन् । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रधानमन्त्री ओलीले मुटुको जाँच गराएका हुन् ।

ओली सिंगापुरमा उपचार गरेर साउन २० गते नेपाल फर्किएका थिए । प्रधानमन्त्री सामान्य फलोअपका लागि अस्पताल पुगेको वालुवाटार स्रोतले बतायो ।

अस्पताल स्रोतका अनुसार बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा यसअघि सिङगापुरमा राखिएको क्याथेटर निकालिएको हो । चिकित्सकहरुका अनुसार ‘प्लाज्मा फेरोसिस गर्दा प्रधानमन्त्रीको मुटुमा राखिएको क्याथेटर निकालिएपनि थप उपचार गर्नु नपरेको बताएका छन् । उनीहरुले क्याथेटर निकाल्न करिब १०–१५ मिनेट लागेको र त्यसपछि प्रधानमन्त्री ओली अस्पतालबाट फर्किएका छन् ।

उनी जाँचपछि बालुवाटार फर्किसकेका छन् । सिंगापुरमा प्लाज्मा फेरिसस प्रक्रियाबाट उपचार गराएपछि चिकित्सकले ओलीलाई आराम गर्न सुझाएका थिए । चिकित्सकको सल्लाह अनुसार नै ओलीले वालुवाटारबाटै भेटघाट गरिरहेका छन् । उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com