keraka-berna-utpadan

दाङमा केराको खपत भन्दा उत्पादन अत्यधिक न्यून

दाङ, २५ भदौ । दाङमा वर्षेनी १० हजार ५ सय ८४ मेट्रिकटन् केरा खपत हुन्छ । तर त्यसको झण्डै ७५ प्रतिशत केरा वाहिरबाट आयात गरिन्छ । जिल्लाको उत्पादन गणितिय रुपमा गणनीय छैन अर्थात जिल्लामा खपत हुने कराको परिमाणमा जिल्लामा उत्पादन अत्यन्तै न्यून छ ।

keraka-berna-utpadanकृषि ज्ञान केन्द्र दाङको तथ्याङ्कलाई हेर्ने हो भने जिल्लामा वार्षिक रुपमा २ हजार ६ सय मेट्रिकटन् छ । जुन वार्षिक खपतको करीव २५ प्रतिशत हुन आउछ । अझ बन्ने हो भने जिल्लामा खपत हुने कूल केराको ५० प्रतिशत केरा भारतबाट आयात गरिने गरेको व्यापारीहरु बताउँछन् ।

विशेष गरी दाङको देउखुरी र अन्य केही क्षेत्रमा व्यवसायिक केरा खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा २ सय ५२ हेक्टर क्षेत्रफलमा मात्रै केरा खेती भएको देखिन्छ । जिल्लामा खपन हुने प्राप्त केरा जिल्लामा उत्पादन नहुँदा कैलाली, चितवन, नवलपरासी, कपिलवस्तुलगायतका क्षेत्रबाट खपतको २५ प्रतिशत र बाँकी ५० प्रतिशत भारतबाट आयात हुने गरेको छ ।

यसरी जिल्लामा प्राप्त केरा उत्पादन नहुँदा वर्षेनी केरा आयातकै लागि झण्डै रू. ६ अर्ब ३५ करोड ४ लाख रकम वाहिरिने गरेको कृषि ज्ञान केन्द्रको अनुमान छ ।

दाङको देउखुरी क्षेत्र, घोराही र जिल्लाकै पश्चिक क्षेत्रमा व्यवसायीक केरा खेतीका लागि उपयुक्त हावापानी र उर्वर माटो भएकाले सरकारले चाहेमा दाङलाई केरामा छाटो समयमै आत्मनिर्भर बनाउन सकिने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताए । ‘दाङको हावापानी व्यवसायिक केरा खेतीका लागि ठिक छ’ उनले भने, ‘केही ठाउँमा अहिले पनि केरा खेती भइरहेको छ, किसानलाई व्यवसायिक केरा खेतीका लागि स्थानीयलगायत तीनै तहका सरकारले प्रोत्सान गर्ने योजना ल्याउन सके दाङ केरामा आत्मनिर्भर हुन्छ ।’
यसका लागि दाङका विभिन्न क्षेत्रमा उत्पादन गर्न सकिने विभिन्न जातका केराको विउ उत्पादनदेखि व्यवसायको रुपमा खेती गर्ने सम्मको वातावरण तयार पार्न जरुरी रहेको उनको भनाइ छ ।

About indreni Newsdesk