rukha

दाङमा रुख ढल्दा स्कूले बालकको मृत्यु एक घाइते

इन्द्रेणी संवाददाता
दाङ,  २५  भदौ । दाङमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । वंगलाचुरी गाउँपालिका ६ का हरिप्रसाद खत्रीका १० वर्षका छोरा सुजन खत्रीको मृत्यु भएको हो भने सोही निवासी दुर्गा खत्रीको छोरा ९ वर्षका तिलक खत्री घाइते भएका हुन् ।

rukhaमंगलवार पौने ५ बजेको समयमा खमारी च्युरिडाँडा प्रावि स्कूलबाट घरर्फकने क्रममा रुख ढलेको थियो । रुखले लाग्दा सुजनको घटना स्थलमै ज्यान गएको थियो भने घाइते तिलकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

About indreni Newsdesk