begepp

प्रतिष्ठानको पत्रप्रति नेपाल पत्रकार महासंघ दाङको आपत्ती

इन्द्रेणी संवाददाता
दाङ, २४ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भदौ १५ गते जिल्ला प्रहरी कार्यालयलाई लेखेको पत्रका सम्बन्धमा नेपाल पत्रकार महासंघ दाङ शाखाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सो पत्रलाई यस शाखाद्धारा यस अघि नै कारवाही गरिएका तथा हाल प्रतिष्ठानका सूचना तथा सञ्चार अधिकृत समेत रहेका निशानदाजु भट्टराईले भदौ २४ गते सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन ।

begeppपत्रमा प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेल माथि भदौ ११ गते भएको कुटपिट तथा अभद्र व्यवहारका सन्दर्भमा जिल्लाका क्रियाशिल पत्रकारको संलग्नता भएको झुट्टो कुरा उल्लेख गरी कारवाही गर्नुपर्ने माग गरिएको छ । महासंघले सो दिन रिपोटिङ्गका लागि प्रतिष्ठानमा पुगेका पत्रकारप्रति प्रतिष्ठानका तर्फबाट संस्थागत रुपमा लगाइएको यस्तो भुट्ठा आरोपको घोरभत्र्सना गरेको छ ।

यस विषयमा आज नै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पुगी घटनाका सन्दर्भमा बुझदा प्रतिष्ठानका तर्फबाट पत्र आएपनि घटनामा पत्रकारहरुको संलग्नता नदेखिएकाले कुनै पनि प्रक्रिया अघि नबढाइने प्रतिबद्धता प्राप्त भएको महासंघले जनाएको छ ।
यद्यपि, समाचार लेखेकै भरमा पत्रकारमाथि पूर्वाग्रह राखेर प्रतिष्ठानका तर्फबाट गरिएको यस्तो गलत हर्कतले हतोत्साहित नहुन आम सञ्चारकर्मीहरुलाई महासंघले आग्रह गरेको छ ।

साथै महासंघले सो पत्र लेख्ने र त्यसलाई सामाजिक सञ्जालमा सार्वजनिक गरेर सञ्चारकर्र्मीहरुको सामाजिक तथा पेशागत मर्यादामा आँच पु¥याउन खोज्ने प्रतिष्ठानका पदाधिकारी र कर्मचारी निशानदाजु भट्टराइमाथि कडा कारवाहीको माग गरेको छ ।

महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विपरितका यस्ता गलत क्रियाकलापका विरुद्ध महासंघ कडा रुपमा उत्रिने व्यहोरा जानकारी गराउदै प्रतिष्ठानको यस्तो निन्दनीय कार्यका विरुद्धमा उभिन जिल्लाका आम सञ्चारकर्र्मीहरु, पेशागत संघसंगठन लगायत आम जनसमुदायमा आह्वाहन गर्दछौं ।’

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com