pipe_line

मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन उद्घाटन

विरगञ्ज, २४ भदौ । मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको आज उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विद्युतीय माध्यम रिमोटद्वारा पाइपलाइनको सयुक्त औपचारिक उद्घाटन गरे ।

petrolओलीले सिंहदरबार र मोदीले दिल्लीबाट रिमोर्टमार्फत पाइपलाइनको उद्घाटन गरेका हुन् । पेट्रोलियम पाइपलाइनको सुरुवात भएसँगै अब नेपालमा तेल ढुवानी सहज हुनेछ ।

मोतिहारी–अमलेखगञ्ज पाइपलाइन नेपालतर्फ ३६ किमी र बाँकी २७ दशमलव २ किमी भारततर्फ गरी कुल ६९ दशमलव २ किलोमिटर पाइपलाइन बिछ्याइएको छ । नेपालतर्फको पाइपलाइनको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको छ ।

About indreni Newsdesk