petrol-e1456919970555-600x330

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, २४ भदौ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटनसँगै नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ ।

petrol-e1456919970555-600x330डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार मंगलबार मध्याह्न १२ बजेदेखि डिजेल,मट्टितेल र पेट्रोलको मूल्य लागू हुने घटाइएको जानकारी दिएका छन् । मूल्य घटेसँगै प्रतिलिटर डिजेल मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ ।

About indreni Newsdesk