ravi-3

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन दर्ता

काठमाडौं, २४ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकारणका अभियुक्त रवि लामिछानेसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा सोमबार निवेदन दर्ता गराएको छ ।

ravi-3चितवन जिल्ला अदालतले आत्महत्या गर्न दुरुत्साहन मुद्दामा अभियुक्त बनाइएका अस्मिता भन्ने रुकु कार्कीलाई साधारण तारेखमा, लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले अभियुक्त तीनै जनालाई ५ वर्ष कैद र ५० हजार जरिवान माग दावी गर्दै जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो ।

जिल्ला अदालतको आदेशलाई बदर गरी उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा पुनरावेदन दर्ता भएको हेटौँडा इजलासका प्रवक्ता अमृत घिमिरले बताए । उनका अनुसार सो निवेदनको प्रारम्भिक सुनावाई मंगलबार तोकिएको छ ।

यसअघि लामिछाने र कँडेलले धरौटी माग गरेको आदेश उपर दिएको निवेदनमा सुनवाई गर्दै कैफियत प्रतिवेदन मागेको थियो । सो प्रतिवेदन प्राप्त भएकाले त्यसको पेशी आगामी बिहीबारका लागि तोकिएको घिमिरेले जानकारी दिए । नयाँ पत्रिकाबाट

About indreni Newsdesk