degu

दाङमा दश जना डेंगु संक्रमित

इन्द्रेणी संवाददाता
दाङ, २३ भदौ । दाङमा दश जनालाई डेंगु सक्रमण भएको पाइएको छ । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र बबई गाउपालिकामा दश जना संक्रमित फेला परेका हुन् ।

deguसाउन ३२ गतेदेखि भदौ २३ गतेसम्मको तथ्यांकमा यो संख्यामा संक्रमति फेला परेका हुन् । घोराही उपमहानगरपालिका ६ जना, तुलसीपुर उपमहानगरपालिकामा ६ जना र बबई गाउँपालिमा दुई जना डेंगीका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । एकजना बिरामीको भने ठेगाना खुल्न नसकेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

यसैबीच डेंगु महामारीका रुपमा फैलन सक्ने भन्दै घोराही उपमहानगरपालिकाले सचेनता अभियान सुरु गरेको जनाएको छ ।

About indreni Newsdesk