ccc

नेपाल-चीन परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्ता शुरु

काठमाडौँ, २३ भदौ । नेपाल र चीनबीच परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय प्रतिनिधिमण्डलको वार्ता काठमाडौंमा शुरु भएको छ ।

cccआज सोमवारदेखि शुरु भएको परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय प्रतिनिधिमण्डलको वार्तामा नेपाल र चीनसँग जोडिएका समग्र विषयको एजेन्डा बनाइने छ । पहिले दुई देशबीच के के सम्झौता भए र अब कसरी अघि बढ्ने भन्ने मामिलामा गहन छलफल हुने बताइएको छ ।

साथै वर्तामा नेपाल–चीनका समग्र पक्षमा हुने छलफलमा विगतका सम्झौताका प्रगति तथा त्यसको कार्यान्वयनका विषयमा अनुभव साटासाट पनि हुने बताइएको छ । चीनका विदेशमन्त्री वाङ ई सहितको प्रतिनिधि मण्डल नेपालको तीनदिने औपचारिक भ्रमणमा आइतबार काठमाडौ आएको थियो ।

About indreni Newsdesk