degu

रोकिएन डेंगु : दैनिक ३०० संक्रमित

काठमाडौँ, २३ भदौ। उपत्यकामा फैलिएको डेङ्गुको प्रकोप रोकिने क्रममा छैन ।

deguकरिब १० दिन अघिबाट काठमाडौँ उपत्यकामा फैलिएको डेङ्गुको प्रकोपबाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र दैनिक १५० जनादेखि तीन सयसम्मलाई डेङ्गु सङ्क्रमित भएको पुष्टि भइरहेको छ । यो सङ्ख्या घट्नेभन्दा पनि बढ्ने क्रममा रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा। वासुदेव पाण्डेले अस्पतालमा डेङ्गुको उपचार गर्न आउनेको सङ्ख्यामा दिनानुदिन बढिरहेको जानकारी दिए । उनले १० दिनको बीचमा एक हजार दुई सय जना डेङ्गुबाट सङ्क्रमित भएको जानकारी दिए ।

सरकारी अस्पताल टेकुका साथै कतिपय व्यक्ति उपचारका लागि निजी क्षेत्रकै अस्पताल पनि गइरहेकाले डेङ्गु सङ्क्रमणको यकिन तथ्याङ्क आउन नसकेको डा पाण्डेको भनाइ छ आजको गोरखापत्रमा खबर छ । डेङ्गुको अवस्था भयावह हुँदैछ भन्दै निर्देशक पाण्डेले भने, “डेङ्गु सङ्क्रमित सबैलाई भर्ना गरेर सम्भव छैन, अत्यन्त जटिल किसिमका बिरामीलाई मात्र भर्ना गरेर राखिरहेका छौँ ।”

About indreni Newsdesk