69645696_2377153715859863_2806130098455969792_n

कालिका माविमा वक्तृत्वकला प्रतियोगिता

सल्यान, २२ भदौ । साक्षरता दिवसको अवसरमा कपुरकोटस्थित कालिका माध्यामिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । शिक्षाको महत्व विषयमा आयोजना गरिएको प्रतियोगितामा विष्णु बुढाथोकी प्रथम, गिता पुन द्धतीय, शान्ति पुन तृतिय र प्रज्वल बुढा सान्तवना भएको विद्यालयले जनाएको छ ।

69645696_2377153715859863_2806130098455969792_nकार्यक्रममा नेपाल शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरीले शिक्षाले नै समाजको उन्नती हुने भएकाले शिक्षाको पहुँचमा सबैलाइ ल्याउन आवश्यक रहेको बताए ।

उनले शिक्षा मानिसलाइ सहि बाटो देखाउने माध्यम भएको उल्लेख गर्दै वालवालिकोको पढाइमा सबै पक्ष जीम्मेवार भएर चासो देखाउनुपर्ने र शिक्षा क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिए ।
कालिका माविका प्रधानाध्यापक कुल बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक हुकुम ओलीले गरेका थिए ।

About indreni Newsdesk