feature0

स्थानीय सभाको गाउँपालिकालाई ध्यानाकर्षण

सल्यान, २ भदौ । सल्यानको कपुरकोट गाउँपालिकामा स्थानीय सभाको बैठकले गाउँपालिकालाई विभिन्न विषयमा ध्यानाकर्षण बनाउने निर्णय गरेको छ ।

feature0पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत वडा नम्बर ३ मा रहेको स्थानीय सभाको सोमबार बसेको बैठकले कृषिजन्य वस्तुमा लाग्दै आइरहेको कर गाउँपालिकाले हटाएकोमा प्रशंशा गर्दै अन्य विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

वडा नम्बर ३ का वडाध्यक्ष तथा स्थानिय सभाका संयोजक मिनबहादुर सेनको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाले तरकारि तथा निकासी गर्दा लाग्ने कर हटाए पनि किसानले त्यसबाटको फाइदालाई प्रत्येक्ष अनुभुति गर्न नपाइरहेको भन्दै गाउँपालिका, कृषिउपज बजार केन्द्रलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

About indreni Newsdesk