20190819_152955

स्थापना दिवसमा रक्तदान

घोराही, २ भदौ । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको १४ औँ स्थापना दिवस प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल महेन्द्र बहुमुखी क्याम्पस ईकाई समितिले सोमवार रक्तदान गरेको छ ।

20190819_152955रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेका थिए । जसमा सुधिर पोख्रेल, राजेन्द्रकुमार रेग्मी, रविन डि.सी, मदनकृष्ण रिजाल, निरज गिरी, निरोद वली, नविन वली, मलदेब मल्ल, सागर थापा, गोविन्द पोख्रेल, मदन भण्डारी र कृष्ण केसीले रक्तदान गरेका थिए ।

यसैबीच स्थापना दिवसको अवसरमा प्रजातन्त्रवादी प्राध्यापक संघ जिल्ला समन्वय समिति दाङले घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको बृद्धाश्रममा खाद्यान्य एवं सरसफाईका सामाग्री प्रदान गरिएको छ ।

प्रजातन्त्रवादी प्राध्यापक संघ जिल्ला समन्वय समितिका अध्यक्ष दिनेश भट्टराईको नेतृत्वमा बृद्धाश्रममा पुगेर प्राध्यापकहरुको टोलीले सामाग्री प्रदान गरेको हो ।

About indreni Newsdesk