photo

पत्रकार पुडासैनी आत्महत्या प्रकरण : घटनाको निष्पक्ष छानविनको माग गर्दै प्रदर्शन

चितवन, ३२ साउन । चितवनका युवाहरुले आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको घटनालाई निष्पक्ष छानविनको माग गर्दै प्रदर्शन गरेका छनु ।

photoआत्महत्या दुरुत्सानको आरोपमा पक्राउ परेका रवि लामिछानेका समर्थकहरुले रविको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेको वेला यसावहरुले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै प्रदर्शन गरेका हुन् ।

‘स्वतन्त्र युवा समूह’ले गरेको प्रदर्शनमा सहभागीहरुले ‘निष्पक्ष छानविन गर्न देऊ’, ‘अपराधलाई राजनीतिकरण नगरौं’, ‘पुडासैनीले न्याय पाउनैपर्छ’ ‘दोषीलाई कारबाही होस्’, ‘एनजीओको हस्तक्षेप बन्द गर’ लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेर चौविरकोटीमा प्रदर्शन गरेका थिए ।

यता लामिछानेका समर्थकहरुले गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीहरुले प्रहरीको भ्यानमा समेत आक्रमण गरेका थिए । उनीहरुको आक्रमणबाट प्रहरीको मोवाइल भ्यानको सिसा फुटेको छ । भिडलाई नियन्त्रणमा लिन प्रहरीले अर्सुग्यास समेत प्रहार गरेको थियो ।

About indreni Newsdesk