pakrau

गैर–कानुनी रुपमा रकम उठाएको आरोपमा ६ जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, २८ साउन । दाङ प्रहरीले गैर–कानूनी रुपमा रकम उठाएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

pakrauघोराही–होलेरी सडकखण्डमा रुकुम ट्रक तथा मिनी ट्रक यातायात प्रालिको वोर्ड राखेर रकम उठाउने गरेको भन्दै रकम रसिदसहित प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा घोराही १४ का कर्णबहादुर वली, सोही ठाउँका चन्द्र खड्का, नरेश घर्ती, नन्दबहादुर पुन, घोराही १४ वस्ने पृथ्वी वली, प्यूठान स्वर्गद्धारी नगरपालिका ३ मालारानी घर भई घोराही १४ बस्ने खिमबहादुर पुन रहेका छन् । उनीहरुले चेक प्वाइन्ट राखेर रकम उठाउदै ठगी गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com