student

अब बिए चारवर्षे पढ्नुपर्ने

काठमाडौं, २८ साउन । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायको सबै विषयको पाठ्यक्रम यसै वर्षदेखि चारवर्षे बनाउने निर्णय गरेको छ । आइतबार बसेको फ्याकल्टी बोर्ड बैठकले बिए चारवर्षे बनाउने निर्णय गरेको हो ।

studentकार्यक्रम कार्यान्वयनका लागि बाटो खुले पनि बोर्डको निर्णयलाई प्राज्ञिक परिषद्ले अनुमोदन गर्नुपर्नेछ । स्नातक तहमा मानविकी संकायमा ३६ वटा कार्यक्रम लागू भएको मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा.डा. शिवलाल भुसालले बताए ।

About indreni Newsdesk