yoges

टरिगाउँ एयरपोर्ट विरुतार गर्ने पर्यटन मन्त्रीको प्रतिवद्धता

तुलसीपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले टरिगाउँ विमानस्थलको धावन मार्ग विस्तारका लागि यसै वर्ष काम अगाडि वढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

yogesआन्तरिक उडानका लागि टरिगाउँ विमानस्थललाई विकास गर्न आफुले योजना समेत वनाएको उनले जानकारी दिए । विमानस्थलको स्तरोन्नतीका साथै इन्धन डिपोको काम अगाडि वढाउन आपूर्ति मन्त्रालयसँग समन्वय गर्ने सिन मन्त्री भट्टराईले प्रतिवद्धता जनाएका हुन् ।

‘तुलसीपुर विमानस्थलका वारेमा म पुरै जानकार रहेको छु त्यहाँका जनतालाई न्याय दिनेछु ’ मन्त्री भट्टराईले भने । उनले नारायणपुर विमानस्थल दीर्घकालिन योजना भएको भन्दै अहिलेलाई आन्तरिक उडानको सहजताका लागि धावनमार्ग विस्तार गर्ने वताएका हुन् ।

विमानस्थल र पर्यटन विकासका विषयमा मन्त्री भट्टराईलाई भेट्न गएको प्रतिनिधि मण्डलसँग कुरा गर्दै उनले टरिगाउँ विमानस्थललाई पाइलट तालिम केन्द्रका रुपमा विकास गर्नका लागि काम अगाडि वढाएको समेत उनले वताए । “नेपाल भित्र तालिम केन्द्र नहुँदा महंगो पैसा तिरेर वाहिर जानुपर्ने अवस्था छ यसको लागि टरिगाउँ विमानस्थललाई हामीले उपयुक्त स्थानका रुपमा छनोट गरिएको छ । ” मन्त्री भट्टराईले भने ।

उनले यसका लागि एकसाता भित्र विभिन्न निकायसँग सहकार्य गरेर अध्ययन समिति समेत वनाउने जानकारी दिए । “टरिगाउँ विमानस्थलको धावनमार्ग सानो हुँदा साना खाले जहाज मात्रै वस्ने गरेका छन् यसलाई विस्तार गरिनेछ ” उनले भने । मन्त्री भट्टराईले ७ सय ५० मिटर रहेको धावन मार्ग १२ सय मिटरसम्म विस्तारका लागि यो वर्ष नै वजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

About indreni Newsdesk