ghus-lidai

दश हजार घुससहित एक शिक्षक पक्राउ

दाङ, २७ साउन । अख्तियारको टोलीले दाङका एक शिक्षकलाई १० हजार घुस रकमसहित रङ्गेहात पक्राउ गरेको छ ।

ghusघोराहीको रझेना माध्यमिक विद्यालयका शिक्षक गणेश केसीलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जबाट खटिएको टोलीले घोराहीको एक होटलबाट रङ्गेहात पक्राउ गरेको हो ।

सो विद्यालयमा सञ्चालन भइरहेको सिभिल इञ्जिनियरिङको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै विद्यार्थीहरुबाट घुस लिएको बताइएको छ । केसी सोही विद्यालयमा राहत कोटाका शिक्षक हुन् ।

About indreni Newsdesk