adhaya gobinda acharya

ठूला मिडिया हाउसबाट श्रमजिवी आन्दोलन : अध्यक्ष आचार्य

शरद रेग्मी
दाङ, २७ साउन । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजिवी पत्रकारहरुलाई हक अधिकार दिनका लागि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

adhaya gobinda acharyaरिपोटर्स क्लव नेपाल दाङले आज सोमबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले श्रमजिवी पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक, नियुक्ति पत्र दिलाउनका लागि आन्दोलन शुरु गर्ने चेतावनी दिएका हुन् ।

श्रमजिवी पत्रकारहरुलाई हक अधिकार दिलाउनका लागि ठूला मिडिया हाउसबाट आन्दोलन शुरु गर्ने उनले बताए । श्रमजिवी पत्रकारहरुलाई अधिकार दिलाउनका लागि मिडिया हाउस वन्द भएपनि आन्दोलन नरोकिने प्रष्ट पारे ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com