lalbabu

प्रदेश र स्थानीय तहलाई असर नपर्ने गरी कानून निर्माण भएको छ : मन्त्री पण्डित

काठमाडौँ, २६ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहलाई असर नपर्ने गरी कानून निर्माण भएको दावी गरेका छन् ।

lalbabuराष्ट्रियसभाको आजको बैठकमा पण्डितले ‘तहगत राज्य संरचनाको विकासमा समन्वय विषयक प्रादेशिक अन्तक्र्रिया कार्यक्रमको प्रतिवेदन’ माथि उठेका सवालमा यस्तो बताएका हुन् ।

मन्त्री पण्डितले संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तह सञ्चालन हुने, संविधानअनुसार नै कानून बन्ने, प्रदेश लोक सेवा आयोग गठन प्रक्रिया अगाडि बढेको र स्थानीय तहका कर्मचारीको परीक्षा भइरहेको जानकारी गराए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com