tirsuli

त्रिशुलीमा बस खस्दा ज्यान गुमाउनेको संख्या पाँच पुग्यो

धादिङ, २४ साउन । आज विहान ना६ख ७४६९ नम्बरको वस गाउँपालिका–३, सलाङघाटबाट त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । मोडमा पुगेपछि सडकबाट करीब १०० मिटर तल त्रिशूली नदीमा खसेको बसमा ४५ जना सवार रहेका थिए ।

tirsuliदुर्घटनामा मृत्यु हुनेमा सर्लाही जिल्ला निवासी ३५ वर्षीय अजय दास, २५ वर्षीय विजय कुर्मी र नाम वतन नखुलेको एक जना पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ र यसैगरी नदीले बगाएर लगेको अवस्थामा मुग्लिन नजीकैबाट दुई जनाको शव प्राप्त भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा १६ जना घाइते भएकाले उपचार भइरहेको छ । घाइतेको राजमार्ग सामुदायिक अस्पताल मलेखु, प्राथमिक स्वास्थ्य केन्द्र गजुरी, राजमार्ग सामुदायिक अस्पताल गजुरी र ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।

About indreni Newsdesk