helo

हेलो नेपालले तिरेन ७९ करोड रोयल्टी

काठमाडौं, २४ साउन । दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) लाई फ्रिक्वेन्सी दस्तुरको बक्यौता बुझाउन १५ दिने अल्टिमेटम दिएको छ । व्यवसायी अजेयराज सुमार्गीसमेतको लगानी रहेको हेलो नेपालले सरकारलाई फ्रिक्वेन्सी दस्तुरबापत ७९ करोड ९२ लाख २७ हजार रुपैयाँ बुझाउन बाँकी छ ।

heloबक्यौतामध्ये सात करोड रुपैयाँ १५ दिनभित्र भुक्तानी गर्न अल्टिमेटम दिँदै प्राधिकरणले बाँकी रकम तिर्न तीन महिनाको समय दिएको छ । तत्काल तोकिएको बक्यौता नबुझाए लाइसेन्स स्वतः खारेज हुने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए नयाँ पत्रिकामा खबर छ।

‘१७ साउनमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले हेलो नेपाललाई बक्यौता रकम तिर्न १५ दिन र तीन महिनाको अल्टिमेटम दिएको छ,’ उनले भने, ‘पहिलो १५ दिनमा सात करोड रुपैयाँ र त्यसपछिको तीन महिनाभित्र बक्यौता तिर्न निर्देशन दिएका छौँ ।’ दूरसञ्चार ऐन, २०५३ को दफा २८ को उपदफा ३ अनुसार तोकिएको समयमा बक्यौता नबुझाए लाइसेन्स स्वतः रद्द हुनेछ ।

वर्षौँदेखिको ताकेता
हेलोले चार आर्थिक वर्षदेखिको फ्रिक्वेन्सी दस्तुर बुझाएको छैन । आर्थिक वर्ष ०७२र७३ देखि ०७५र७६ सम्मको दस्तुर बुझाउन बाँकी छ । प्राधिकरणले सुरुदेखि बक्यौता बुझाउन ताकेता गरे पनि हेलोले विभिन्न बहाना देखाउँदै आएको छ ।

हेलोले यसअघि भिस्याटबापतको २७ लाख रुपैयाँ पनि तिर्न अटेर गरेको थियो । तर, प्राधिकरणले लाइसेन्स रद्द गरिदिने चेतावनी दिएपछि गत जेठमा भिस्याटबापतको शुल्क बुझाएको थियो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com