aaaa

मुआब्जा रकम बृद्धिको माग गर्दै स्थानीय सडकमा

इन्द्रेणी संवाददाता
दाङ, २३ साउन । हुलाकी सडकअन्तर्गत दाङको लमही–कोइलावास सडकखण्डका स्थानीयहरु आफूहरुलाई दिने मुआव्जा रकम बृद्धिको माग गर्दै सडकमा आएका छन् । उनीहरुले आज २ घण्टा पूर्व–पश्चिम राजमार्ग बन्द गरे ।

aaaaलमही–कोइवासाव सडकअन्तर्गत सेम्रहवाका स्थानीयहरुले विहान ८ बजेदेखि १० बजेसम्म पूर्व–पश्चिम राजमार्ग अवरोध गरेका हुन् । उनीहरुले उक्त सडकखण्डमा पर्ने सिम्रहवा क्षेत्रको जग्गाको मूल्याङ्कन चलनचल्तीको मूल्यभन्दा अत्यधिक न्यून भएको गुनासो गरेका छन् । सेम्रहवामा प्रतिवर्गमिटर ५० रुपैयाँ मुआव्जा तोकिएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com