20190808_125729

प्रेम, प्रकृति र पराक्रम

रितु खनाल

छातीमा बलभद्रकाे रगतले मायाँ गरेकाे हुँदा
अाऊ कल्मषता पखाल मनकाे जाँदैन मैले धुँदा ।
तिम्रै वीर पराक्रमी करहरू माला बनून् बल्लरी
हिंड्दा भीर पहाडका वनबुटा ओछ्याउँला झल्लरी ।।

मर्स्याङ्दीनिर वीरका चरण छन् छुन्छन् हिमाली बुटा
देखिन्छन् बलभद्रझैं रथि बडा छ्याैमा भएका ठुटा ।
काेसी बग्छ बनेर रक्त दिलमा हड्डी बने पत्थर
गर्मीमा किन खानु काेक नमिठाे हेरे भयाे उत्तर ।।

हाम्रा चार शहीदले मुलुकमा राखेर खाली मुख
आफ्नो राष्ट्र बचाउनै अघिसरे त्यागेर सारा सुख ।
पुर्खाको इतिहासमा छ जिउँदाे छन् धेर बुझ्ने कुरा
छुट्टै गन्थन पोख्दछिन् प्रकृतिले चुच्चे भयो टाकुरा ।।

भन्छन् यो बलभद्र झैँ छ कविता बिरत्व झल्काउने
फुट्दा भाव रचेर काव्य कविता दर्पी बनी आउने ।
हाँस्दै देश निमित्त भक्तिरसले छर्थे उनी सौरभ
नाच्छन् पङ्ख फिजाउँदै मुजुर ती नेपालका गौरव ।।

गाथा यो मनमा गढ्यो गहकिलो !उड्दै चरी भुर्भुर
बिर्सें दुःख अनेक याद बटुली बन्दैछु लौ फुर्फुर ।
पुर्खा वीर थिए तथापि जगमा छाडे निशाना बडा
जाे-जाे वीर भए पुगे गगनमा नक्षत्रझैं छन् खडा ।।

About Kesharman Bc