karmachari

कर्मचारीको सामूहिक राजीनामा स्वीकृत हुने

काठमाडौं, २३ साउन । सरकारले निजामती कर्मचारीले सामूहिक राजीनामा मागे स्वीकृत गर्ने कानुन ल्याउँदै छ ।

karmachariसंसद्मा प्रस्तुत ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को ‘सामूहिक राजीनामा स्वीकृत हुन सक्ने’ व्यवस्थामा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबार सहमति जुटाएको हो ।

विभिन्न कारण या माग देखाउँदै सरकारलाई कर्मचारीले ट्रेड युनियनमार्फत सामूहिक राजीनामा दिने घुर्की दिने गर्छन् । यस्तो राजीनामा स्वीकृत गर्ने–नगर्ने व्यवस्था यसअघि थिएन ।

अब भने स्वीकृत गर्ने गरी सरकारले कानुनमै व्यवस्था गर्न लागेको छ । ‘निजामती कर्मचारीले सामूहिक राजीनामा दिए सम्बन्धित निकाय वा अधिकारीले यकिन गरी स्वीकृत गर्न सक्नेछ,’ सरकारको प्रस्तावित विधेयकमा उल्लेख छ आजको नयाँ पत्रिका खबर छ । समितिको बैठकमा सांसददेखि मन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवबीच सामूहिक राजीनामा स्वीकृत गर्ने वा नगर्ने बहस भए पनि अन्ततः स्वीकृत गर्न सक्ने सहमति भएको हो ।

यसैबीच सरकारले संसद्मा ल्याएको विधेयकको दफा १२० मा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन रहने व्यवस्था छ । यो व्यवस्थामा बुधबारको छलफलमा भने सांसदहरू विभाजित भए । सत्तारुढ नेकपाकै कतिपय सांसदले ट्रेड युनियन आवश्यक नरहेको बताए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com