petrol-e1456919970555-600x330

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं, २२ साउन । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य ५० पैसा वृद्धि गरेको हो।

petrol-e1456919970555-600x330त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँले घटाएर मूल्य समायोजन गरिएको छ। नयाँ मूल्य अनुसार अब पेट्रोल १०९ रुपैयाँमा पाइने छ। भने डिजेलको मूल्य ९७ रुपैयाँ पुगेको छ। एलपी ग्यासको खुद्रा विक्री मूल्य १३ सय ७५ रुपैयाँ प्रति सिलिण्डर पुगेको छ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com