काठमाडौं, २० साउन । आठ लाख रुपैयाँ घुससहित पक्राउ परेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार (आरके) रौनियारले त्यसअघि एकै व्यक्तिबाट एक करोड २० लाख रुपैयाँ घुस लिएको खुलेको छ ।
जसमध्ये एक करोड दुई लाख रुपैयाँ उनले आफ्ना चालक दिवाकर कार्कीमार्फत लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
उपकुलपति रौनियार र उनका भतिज प्रतिष्ठानका मेडिकल हाउस अफिसर डा. रामहरि रौनियारविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीविरुद्ध १३ वर्षसम्म कैद र एक करोड २८ लाख जरिवाना सजायको दाबी गरिएको छ ।
भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा १ ९झ० अनुसार एक करोडभन्दा बढी घुस लिनेलाई आठ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । त्यस्तै विशिष्ट श्रेणीको कर्मचारी भएकाले सोही ऐनअनुसार उनीविरुद्ध थप तीन वर्ष कैद माग गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । रामहरिविरुद्ध डेढ वर्षदेखि साढे दुई वर्ष कैद र आठ लाख रुपैयाँ जरिवाना सजाय माग गरिएको छ ।
नयाँ पत्रिकाबाट