feature0

लोक दोहोरी गीत प्रतिष्ठानको अधिवेशन २७ गते

घोराही, १४ साउन । लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङको अभिवेशन साउन २७ गते हुने भएको छ । प्रतिष्ठानको आज मंगलवार घोराहीमा बसेको बैठकले प्रतिष्ठानको छैठौँँ अधिवेशन यही साउन २७ गते गर्ने निर्णय गरेको हो ।

feature0प्रतिष्ठानका अध्यक्ष प्रेम शर्माको अध्यक्षतामा बसेको बैठकले अधिवेशनकालागी विभिन्न मूल समिति र उपसमितिहरु गठन गरेको छ । जिल्ला अध्यक्ष प्रेम शर्मा संयोजक रहेको मूल समिति र अन्य उपसमितिहरु गठन गरिएको छ । जसमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष देवकला बस्नेत संयोजक रहेको हल व्यवस्थापन उपसमिति, प्रेमप्रकाश मल्ल संयोजक रहेको अतिथि सत्कार उपसमिति, पोषण श्रेष्ठ संयोजक रहेको पत्राचार उपसमिति, रामसिंह विश्वकर्मा संयोजक रहेको प्रचारप्रसार उपसमिति, मनोज रसाईली संयोजक रहेको साउण्ड सिस्टम व्यवस्थापन उपसमिति, मीना लम्साल संयोजक रहेको खादा तथा फूलमाला व्यवस्थापन उपसमिति, लक्षुमण खनाल संयोजक रहेको प्रमाणपत्र तथा मायाको चिनो व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

यसैगरी अधिवेशन सफल बनाउनका लागि आर्थिक व्यवस्थापन उपसमिति पनि गठन गरिएको छ । जसमा प्रेम शर्मा, राजेन्द्र दाहाल र प्रकाश अधिकारी रहेका छन् । बैठकले अधिवेशनबाट आउने नयाँ नेतृत्व सहमतिबाट चयन गर्नका लागि एक समिति पनि गठन गरेको छ । जसको संयोजकमा धुव्रराज श्रेष्ठ(भारी) रहेका छन् । त्यस्तै सदस्यहरुमा प्रेमप्रकाश मल्ल, चन्द्र शर्मा, गिरिराज सुवेदी र सुवास केसी रहेका छन् ।

बैठकले साउन २७ गते भिग्रेली भिलेज होटलमा विहान १० बजेदेखी सुरु हुने कार्यक्रममा उपस्थित हुन सम्पूर्ण साधारण सदस्यहरुमा अनुरोध पनि गरेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com