FB_IMG_1563708196999

को हुन नेकपा दाङका इन्चार्ज गौतम ? यस्तो छ राजनीतिक यात्रा

पाण्डव शर्मा 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङको इञ्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य जीवन गौतमले पाएका छन् । जिल्लामा विकाशप्रेमी नेताको रुपमा परिचित गौतम बच्चै अवस्था देखि राजनीतिमा लागेका व्यक्ति हुने ।
उनका वुवा वासुदेव गौतम नेकपा दाङको खम्वाकै रुपमा चिनिन्छन् । नेकपाको स्थापनाकाल देखि वासुदेव लामो समय राजनीतिमा सक्रिए भएर जिल्लामा विभिन्न नेतृत्व प्रदान गरेका थिए । परिवार भित्रैबाट वामन्थी राजनीतिक पृष्ठभुमिमा हुर्केका दाङ रझेना निवासी जीवन गौतम इमान्दार र पारदर्शी नेताको रुपमा स्थापित छन् ।

20190720_104015

उनलाई जिल्लामा शैक्षिक अभियन्ताको रुपमा समेत चिनिन्छ । दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको मुख्य नेतृत्वकर्ता जीवन गौतम नै हुन् । विज्ञान प्रविधि तथा शिक्षा मन्त्रीका प्रमुख सल्लाहकार रहेका गौतमलाई दाङमा प्राविधिक शिक्षालय स्थापनाको मुख्य श्रेय जान्छ ।
उनी सल्लाहकार भइसकेपछि दाङका २३ ओटा सरकारी विद्यालयले प्राविधिक कक्षा सञ्चालनको अनुमती पाएका छन् । घोराहीमा शहीद कृष्ण सेन बहुप्राविधिक शिक्षालय र तुलसीपुरमा बहुप्राविधिक शिक्षालय स्थापनको मुख्य श्रेय गौतमलाई नै जान्छ ।
त्यसैगरी घोराहीको वालमन्दिर स्कुलमा स्थापना भएको विशेष विद्यालय पनि उनकै पहलमै भएको हो । २०६३ सालमा अमिक शेरचन स्वास्थ्य मन्त्री हुँदा गौतम उनको स्वकिय सचिव भएका थिए ।

20190720_124953
गत स्थानी तहको निर्वाचनमा घोराही उपमहानगरपालिको मेयर पदमा उम्मेदवार रहेका गौतम पराजित भएका थिए । मत परिणाम घोषणा लगत्तै गौतमले पत्रकार सम्मेलन गरेर निर्वाचनको परिणाम स्वीकार गर्दै निर्वाचित मेयर नरुलाल चौधरीलाई बधाई दिएका थिए । गौतमको यो राजनीतिक संकारको त्यतिबेला निकै प्रशंसा भएको थियो ।
उनले पत्रकार सम्मेलनमा आँफू पराजित भए पनि दाङको समग्र विकाशमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले आफ्नो प्रतिवद्धता अनुसार शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

पारिवारीक पृष्ठभूमी
नाम : जीवन गौतम
वुवा : वासुदेव गौतम
आमा : विष्णाकुमारी गौतम
श्रीमती : बिमला भट्टराई
छोरी : अभिरुचि र अभिग्या
जन्म : २०३१ साल चैत २४ गते

राजनीतिक यात्रा
२०४२ साल : अनेरास्ववियुको साधारण सदस्य
२०४३ साल : अनेरास्ववियु मावि रझेना इकाई अध्यक्ष
२०४४ साल : अनेरास्ववियुको दशौं राष्ट्रिय सम्मेलन प्रतिनिधि
२०४५ साल : अनेरास्ववियुको केन्द्रीय सदस्य
२०४६ साल : पञ्चायत बिरोधी जनआन्दोलनमा कक्षा ९ मा पढ्दा पढ्दै भरतपुर स्कुलबाट शुरु भएको आन्दोनलनको नेतृत्व
२०४७ साल : नेकपा चौमको पार्टी सदस्य, त्यहीँ वर्ष एरिया सदस्य
२०४९ साल : अस्कल क्याम्पस स्ववियु सदस्य
२०५१ साल : नेकपा एकता केन्द्र दाङ जिल्ला सदस्य
२०५१ साल : अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य
२०५२ साल : अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय सचिव
२०५६ साल : अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष
२०५६ साल : नेकपा एकता केन्द्रको काठमाडौं जिल्ला सदस्य
२०५८ साल : नेकपा मशाल र नेकपा एकता केन्द्र बीचको पार्टी एकता पछि बनेको अनेरास्ववियु एकीकृतको केन्द्रीय कोषाध्यक्ष
२०५८ साल : नेकपा एकता केन्द्र मशाल भक्तपुर जिल्ला कमिटि सदस्य
२०५८ साल : काठमाडौंमा शुरु भएको विद्यार्थी आन्दोलनका चर्चित नेता । दर्जनौ पटक पक्राउ र हिरासत
२०६२÷०६३ साल : दोस्रो जनआन्दोलनको पहिला दिन चैत २४ गते असनबाट पहिलो जुलुशको नेतृत्व गर्दा गिरफ्तार र जेल चलना
२०६३ साल : अनेरास्ववियु एकीकृतको केन्द्रीय महासचिव
२०६३ सालमा अनेरास्ववियु एकीकृतको केन्द्रीय अध्यक्ष
२०६५ एकता केन्द्र मशालको केन्द्रीय सदस्य
२०६५ : माओवादीसँग एकीकृत भइसकेपछि बनेको एमाओवादीको केन्द्रीय सदस्य
२०६६ साल : एमाओवादी थारुवान राज्य समिटिको सह सक्रेटरी
२०६६ साल देखि २०७० साल सम्म पटक पटक गरेर एमाओवादीको बाँके, बर्दिया र कञ्चनपुरको जिल्ला इञ्चार्ज
२०७० साल देखि २०७६ सालसम्म एमाओवादी र एकता पछि बनेको माओवादी केन्द्र दाङको लगातार जिल्ला इञ्चार्ज

About Kesharman Bc