20190713_091949

परिक्षार्थीहरुले ख्याल गर्नुपर्ने कुराहरु

अम्बिकाप्रशाद डाँगी

इच्छा’ आधारपदमा ‘परि’ उपसर्ग गा“सिएर निर्मित ‘परीक्षा’ शब्दको शाब्दिक अर्थ ‘परि’ भन्नाले चारैतिर अर्थात पूर्ण र ‘इक्षा’ भन्नाले चाहना भन्ने बुझिन्छ। यसरी हेर्दा चाहना गरिएको लक्ष्य प्राप्तिका लागि पूर्णता प्रदान गर्न अङ्गालिने लेख्य एवं कथ्य प्रक्रिया नै परीक्षा हो। जब परीक्षा नजिकिदै जान्छ तब अधिकांश विद्यार्थीमा एकप्रकारको तनाव उत्पन्न हुन्छ। तनाव उत्पन्न हुनु स्वाभाविक प्रक्रिया हो ।

किनकि परीक्षाको सिधा सम्बन्ध विद्यार्थीको भविष्यस“ग गा“सिएको हुन्छ। वर्षौं लगाएर गरिएको मानसिक चिन्तन, खर्चिएको लगानी र खप्नुपरेका सास्तीहरू एवं सहनुपरेका ठेसहरू बिर्सने आधार परीक्षा पश्चात उपलब्ध हुने उपलब्धि नै हो। जीवनमा जे जति ज्ञान विज्ञानका कुरा सिकिन्छ र सिर्जनात्मक क्षमतालाई तिखारिन्छ त्यसको लेखाजोखा गरिने तराजुको रुपमा परीक्षालाई लिइन्छ। केवल तीन घण्टाको समयावधिमा वर्षाैंको ज्ञानराशीलाई सिलसिला मिलाएर विलक्षण प्रतिभा देखाइ भावी दिनको बाटो तय गर्नु चानचुने कुरा होइन। व्यक्तिमा जे जति ज्ञान भए पनि त्यसलाई परीक्षाको मापदण्डभित्र रही सम्यक ढङ्गले उत्तर दिन सकिएन भने राम्रो परिणाम निस्कदैन। अनपेक्षित परिणामले व्यक्तिलाई अग्रगतिमा होइन अधोगतिमा धकेल्छ। यस्ता उदाहरण समाजमा प्रशस्तै भेटिन्छन्। परीक्षा बिग्रनुमा सामाजिक, मानसिक, शारीरिक, पारिवारिक आदि विविध कुराहरुले प्रभाव पारेका हुन्छन्। यस्ता कारक तत्वबाट बच्न केही आधारभूत कुराहरुमा ख्याल गर्नु जरुरी छ।

परीक्षार्थीको मन स्थिर हुनुपर्छ। हरेक प्राणीका लागि मन त्यस्तो संवेदनशील कुरा हो, जसको विचलनले सन्तुलन बिग्रन गई तनाव उत्पन्न हुन्छ। मन नै तनावग्रस्त भएपछि परीक्षा राम्रो हुने कुरै भएन। त्यसैले परीक्षा शुरु हुनुभन्दा आधा घण्टा अगाडि नै परीक्षार्थी परीक्षा हलभित्र प्रवेश गरिसक्नुपर्छ। परीक्षा दिनुभन्दा आधा घण्टा अगाडि नै साथीहरुस“ग विषयवस्तुका बारेमा छलफन गर्न छाड्नु राम्रो हुन्छ। किनकि छलफलका क्रममा द्विविधा उत्पन्न भइ मानसिक तनाव उत्पन्न हुनसक्छ। परीक्षार्थीले उछृङ्खल र चकचके व्यवहार देखाउ“दै बाहिर भित्र गरिरहनु हु“दैन। बरु गम्भीर, शालीन एवं धीर भएर एकाग्र मनले आत्मबल बढाइरहनुपर्छ। आत्मबल त्यस्तो अजेय शक्ति हो जसले प्रशस्त ऊर्जा प्रदान गर्दछ। मानसिक हीनताबोध परीक्षार्थीका लागि अत्यन्त घातक छ। व्यक्ति जे जस्तो अवस्थामा किन नहोस् उसले सदैव म पनि केही हु“, मस“ग केही शक्ति र सामथ्र्य छ, मैले यसलाई सार्थकरुपमा देखाएरै छाड्छु भन्ने बोध हुनुपर्दछ। गौरवाबोध र सुन्दर सपना नै प्रगतिका भ¥याङ हुन्। जब मान्छेले आफूलाई खोक्रोरुपमै भए पनि अगाडि सार्छ तब मात्र मूल्य दिने प्रयास गर्दछ। त्यही मूल्यवान् जीवनले नै केही सपनाको निर्माण गर्दछ। सपना त्यस्तो वस्तु हो जुन बिन्दुमा सपना देख्न छाडिन्छ, त्यही बिन्दुमा प्रगतिका ढोका पनि बन्द हुन्छन्।

परीक्षा सकिएपछि साथीहरुस“ग कुन प्रश्नको उत्तर कस्तो गरियो भनी छलफल गर्नु पनि लगनपछिको पोते हुन जान्छ। यस्तो छलफलले प्रायः मध्यम र निम्न क्षमता भएका विद्यार्थीमा निराशा प्रदान गर्दछ। अझ कतिपय विद्यार्थीले त अर्काको मनस्थिति खसाउनका लागि खोक्रो आडम्बर समेत देखाइदिन्छन्। आफूसमानका वा आफूभन्दा कमजोर शैक्षिक क्षमता भएका साथीहरूको राम्रो जा“च भएको तर आफ्नो जा“च बिग्रिएको महसुस भएमा मानसिक तनाव एवं चिन्ता उत्पन्न भइ अन्य विषयको जा“च समेत बिग्रने सम्भावना हुन्छ। मानिस स्वभावतः प्रतिस्पर्धी गुणले युक्त हुने भएकाले बितेको कुनै परीक्षाको खोजिनीति परीक्षा अवधिभर नगरेकै बेस हुन्छ।

परीक्षार्थीले पेन्सिल, क्याल्कुलेटर, स्केल, इरेजर जस्ता सामग्रीहरू आफैं लगेर जानुपर्दछ। अर्काले लगेकोबाट मागेर काम चलाउने मनसाय कहिल्यै राख्नुहु“दैन। आवश्यक परेका बेलामा यी सामग्री उपलब्ध नहु“दा समय खेर जाने हु“दा पनि परीक्षा बिग्रने सम्भावना हुन्छ। परीक्षामा सकभर कालो रङ्गको मसी प्रयोग गर्नु राम्रो हुन्छ। हुन त मसी बदल्न नपाइने होइन तथापि निरीक्षकस“ग मसी बदलेकोमा दस्तखत गराइरहनु, अनि कतै परीक्षकले शंका गर्छ कि भनेर डराइरहनु राम्रो होइन। फेरि कहिलेकाहिं त दोहो¥याएर हेर्दा अगाडि थपिएका कुरामा केही वाक्य वा शब्द थप्नुपर्ने आकस्मिक अवस्था पनि आउन सक्छ। यस्तो अवस्थामा एउटा पेजमा अरु सबै कालो मसीमा तर एउटा शब्द वा वाक्यमा नीलो मसीमा भएमा त्यो उत्तर विद्यार्थी आफैंको क्षमताबाट लेखिएको हो वा होइन भन्ने शंका पर्न सक्छ। त्यसैले राम्रो लेख्ने र सरर चल्ने खालका दुई तिनवटा एउटै रङ्का मसी भएका कलम लिएर जानु राम्रो हुन्छ। परीक्षा भनेको जीवनको निर्धारण गर्ने कसी हो। त्यसैले यस्तो बेलामा महंगो नै भए पनि राम्रो खालको कलम प्रयोग गर्नु राम्रो हुन्छ।

परीक्षा दिंदा प्रश्नको अंकभारलाई विशेष ख्याल गर्नुपर्दछ। बढी अंकभार भएकालाई बढी समय तथा श्रम खर्चिनु पर्दछ। यसका लागि कुन प्रश्नमा के कति समय खर्चिनुपर्ने हो त्यसको राम्रो हेक्का हुनुपर्दछ। परीक्षाको निर्धारित समय र पूर्णांकलाई हेरेर कुन प्रश्नमा के कति समय दिंदा उपयुक्त हुन्छ भन्ने ख्याल गर्नु पर्दछ। राम्रोस“ग जानेर होस् या नजानेर नै किन नहोस् सबै प्रश्नको उत्तर समान तवरले गर्नुपर्दछ। नजानेको प्रश्नमा कमसलखालको गन्थन नै किन नहोस्, त्यसका लागि छुट्याइएको समय त्यही प्रश्नमै प्रयोग गर्नुपर्दछ। विद्यार्थी असफल हुने र कम नम्बर ल्याउने प्रमुख कारण समयको व्यवस्थापन सही तरिकाले गर्न नसक्नु, जानेको प्रश्नलाई धेरै समय दिनु तर नजानेको प्रश्नलाई छाड्नु वा थोरै समय दिनु, सबै प्रश्नको उत्तर नदिनु प्रमुख कारण हुन्। कमसल खालको भए पनि सबै प्रश्न हल गर्ने विद्यार्थी असफल हुने सम्भावना कम हुन्छ। परीक्षामा थपेको कापीमा सिम्बोल नं. अनिवार्यरुपमा लेख्नुपर्दछ। यसो गरेमा कापी कहीं कतै भुलचुकमा फेरबदल ह“ुदैन र भएमा पनि सजिलै पत्ता लाग्छ। जे जति कापी थपिन्छ तिनलाई क्रम मिलाएर स्टिज गरेर वा डोरीले बा“धेर मात्र बुझाउनुपर्छ। त्यतिकै बुझाएका कहिं कतै भुलचुक हुन पनि सक्छ भन्ने कुरामा सतर्क हुनुपर्दछ।

परीक्षार्थी मानसिकरुपमा स्वस्थ हुनु जरुरी छ। त्यसैले दुई तीन घण्टाको अध्ययनपश्चात गीत संगीत सुनेर, बगैचामा घुमेर, परिवारका सदस्यहरूस“ग गफगाफ गरेर, योगसाधना गरेर, सञ्चारका विविध माध्यमहरू हेरेर मनोरञ्जन पनि लिनुपर्दछ। मानसिक तनाव हुनेखालका फिल्महरू हेर्ने, मेला जात्रा एवं भोजभतेरमा सहभागी हुने जस्ता काम परीक्षाको समयमा नगरेकै बेस हुन्छ। यसका साथै समयमै सुत्ने र समयमै उठ्ने नियमित रुटिन हुनुपर्र्र्दछ। परीक्षाका समयमा गरिष्ठ खानेकुरा खानुह“ुदैन। नपच्ने तथा बढी क्यालोरी भएका खाने कुराले शरीर अस्वस्थ हुन सक्छ र त्यसले परीक्षामा प्रभाव पार्न सक्छ। त्यसैले परीक्षाको तयारीमा रहेका विद्यार्थीले सादा र हल्का खाना खानुपर्दछ। सा“झको समयमा भातको सट्टा रोटी खाने गरेमा चा“डै निद्रा लाग्दैन। यस्तो समयमा फलफूल, हरिया सागसब्जी तथा दूध सेवन गर्नु स्वास्थ्यका लागि पनि हितकर हुन्छ। जेहोस् समयको तालमेल, दृढ आत्मविश्वास, भोजनमा सन्तुलन तथा प्रचुर सिर्जनात्मक क्षमताको उपयोग गरेर मानसिक तनावबाट मुक्त रही परीक्षा दिएमा अपेक्षित नतिजा प्राप्त गर्न कठिन छैन । नयाँ युगबोध राष्ट्रिय दैनिकबाट 

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com