rainnn

शनिवार र आइतवार भारी वर्षा हुने

काठमाडौं, २८ असार। मौसम पूर्वानुमान महशाखाले शनिवार र आइतवार भारी वर्षा हुने बताएको छ । महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार शनिबार विशेष गरेर पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ ।

rainnnपूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँमा ठूलो भारी वर्षासमेत हुने अनुमान गरिएको छ । त्यस्तै, देशका केही स्थानमा हावाहुरीको सम्भावना पनि देखिएको छ ।

मौसमविद् अर्यालका अनुसार आइतबार दिउँसो देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ । खासगरी पूर्वी, पहाडका केही ठाउँमा भारी वर्षा हुनेछ । आइतबार राति पनि प्रायः सबै क्षेत्रमा व्यापक वर्षा जारी रहनेछ । पूर्व र मध्य त्रका पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षा हुनेछ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com