national-id-card

पन्ध्र जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण गरिदै

काठमाडौँ, २५ असार । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पाँचथर जिल्लाबाट सुरु गरेको राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यलाई अब १५ जिल्लामा विस्तार गर्ने भएको छ ।

national-id-cardराष्ट्रिय परिचयपत्र नागरिकहरूको व्यक्तिगत तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो । सबै नेपालीको बायोमेट्रिक पहिचान र पृथक् नम्बरसहितको राष्ट्रिय परिचयपत्र वितरणको कार्य सुरु गरी दुई वर्षभित्र एक नेपालीले एकभन्दा बढी परिचयपत्र बोक्नु नपर्ने व्यवस्था गरिने छ ।

यो परिचयपत्र वितरणका लागि विभागले १५ जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयमा स्थायी केन्द्र स्थापना गरिसकेको छ । गोरखापत्रमा खबर छ । ती १५ जिल्लामा झापा, सङ्खुवासभा, सप्तरी, महोत्तरी, ललितपुर, रसुवा, चितवन, तनहुँ, स्याङ्जा, कपिलवस्तु, गुल्मी, सल्यान, जुम्ला, अछाम र कञ्चनपुर छनोट भएका छन् ।

झापा, चितवन, सप्तरी, ललितपुर, कञ्चनपुर र अछाममा केन्द्र स्थापना भई नागरिकहरूको विवरण सङ्कलन गर्ने कार्यलाई अगाडि बढाएको जानकारी विभागले दिएको छ ।

About indreni Newsdesk