tree-plantation-648x430

तुलसीपुरमा एक घर एक विरुवा अनिवार्य

तुलसीपुर, २४ असार । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरमा एक घर एक विरुवा अभियान अगाडि वढाउने वताएका छन् ।

tereeतुलसीपुरलाई हरित नगरका रुपमा विकास गर्नका लागि यस्तो अभियान सञ्चालन गर्न लागिएको उनको भनाई छ । उनले सडक किनारामा वृक्षारोपण गर्ने कामलाई उपमहानगरपालिकाले विगतदेखि नै निरन्तरता दिएको वताउँदै उनले यसै वर्षबाट नयाँ अभियानलाई अगाडि वढाइने वताए ।

उपमहानगरपालिकाको संयोजनमा सञ्चालन भइरहेको ग्रीन तुलसीपुर, क्लिन तुलसीपुर अभियानको १ सय ५० औ श्रृखलाको समिक्षा कार्यक्रममा वोल्दै नगरप्रमुख पाण्डेले अभियानका क्रममा जनतामा सरसफाईका वारेमा चेतनाको विकास भएको वताए । ‘हाम्रो फोहोर हामीले नै सफा गर्नुपर्दछ भन्ने मान्यताको विकास भएको छ ’

उनले भने । आगामी दिनमा अभियानलाई प्रभावकारी ढँगले अगाडि वढाउनका लागि दण्ड जरिवानाको समेत व्यवस्था गरिने उनको भनाई थियो । उनले अभियानका क्रममा निरन्तर रुपमा लाग्नेहरुलाई सम्मान गरिने समेत वताए । यो अभियान जनताको भएको भन्दै उनले जनताको सहभागिताका लागि आग्रह समेत गरे ।

सडक व्यवस्थापन अहिलेको चुनौति भएको भन्दै उनले त्यसलाई समाधानका लागि संघ र प्रदेशसँग पहल गरिने समेत वताए । कार्यक्रममा सरसफाइ सयोजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामिछाने ,सरसफाइ अभियानका अभियान्ता एव तुलसिपुर उधोग बाणिज्य सङघका अध्यक्ष बिमल रिजाल,तुलसिपुर उधोग बाणिज्य सघका अध्यक्ष बिरबहादुर रावत,सस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत लायन्स क्लब दाङका अध्यक्ष यज्ञबहादुर केसि,रोटरि क्लब अफ तुलसिपुर सिटिका अध्यक्ष देबबहादुर केसि लगायतले बजारबाट निस्कने फोहोर ब्यबस्थापन गर्न उपमहानगरपालिकाले ध्यान दिनुपर्ने बताएका छन ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com