pul

समयमा काम नगर्ने ठेकेदार कम्पनी कालो सूचीमा

काठमाडौँ, २४ असार ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का ओगटेर समयमा काम नगर्ने र गुणस्तरहीन काम गर्ने पाँचवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । मातहतका कार्यालयको सिफारिसमा आइतबार सार्वजनिक खरिद ऐनबमोजिम तीनवटालाई एक वर्ष र दुइटालाई दुई वर्ष वर्षका लागि कालोसूचीमा राखिएको हो ।

pulराजधानीको अनामनगरस्थित कार्यालय रहेको श्री लोहनी एन्ड ब्रदररथोदुङगरसुरुचि जेभीलाई एक वर्षका लागि कालोसूची राखिएको छ आजको कान्तिपुरमा खबर छ। ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यालय दोलखाले ठेक्का दायित्व पूरा गर्न नसकेको भनी गरेको सिफारिसका आधारमा कार्यालयले उसलाई कालोसूचीमा राखेको हो । उक्त कार्यालयकै सिफारिसमा लोकवीर एन्ड बेतालीरनेपालरप्रगति जेभी बुद्धनगरलाई समेत एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

द कञ्चनजंघारलामाविल्डर्स जेभी बौद्धलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, डिभिजन सडक चरिकोटले उक्त कम्पनीलाई काम नगरेको भन्दै कालोसूचीमा राख्न सिफारिस गरेको थियो । कार्यालयले थोदुङगरअजम्बररशिवराम जेभी, अनामनगरलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, इलामले काम गर्न नसकेको भन्दै गरेको सिफारिसका आधारमा उक्त कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com