agaoo

वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी

अछाम, १० । नेत्रविक्रम विप्लव नेपाल कम्युनिस्ट पार्टीले अछामको ढकारी गाउँपालिका ५ र पञ्चदेवल विनायक नगरपालिका ३ को वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गरेको छ । आगजनीका कारण दुबै वडा कार्यालयमा क्षति भएको छ ।

agaooमंगलवार बिहान २ बजेतिर विप्लव समूहका ५ ६ जना आएर वडा सचिव महाजित विकको कार्यकक्षमा पेट्रोल छर्केर आगो लगाउनुका साथै वडाध्यक्ष सुरेन्द्र कुमार शाहीको कार्यकक्षमा समेत तोडफोड गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार आगजनीका कारण पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ३ मा १ थान कम्यूटर, १ थान प्रीन्टर र कुर्सी टेवल लगायतका फर्निचर तथा अन्य कार्यालयका सबै कागजात जलेर नष्ट भएका छन् ।

About indreni Newsdesk