bajet

सबै स्थानीय तहमा आज बजेट र नीति कार्यक्रम पेस हुँदै

काठमाडौँ, १० असार । सबैजसो स्थानीय तहले आगामी वर्षको नीति, कार्यक्रम र बजेट आज मङ्गलबार आआफ्नो गाउँ र नगर सभामा प्रस्तुत गर्ने भएका छन् ।

bajetअन्तरसरकारी वित्त व्यवस्था ऐनको दफा २१ मा स्थानीय तहले असार १० गतेभित्र आआफ्नो सभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेअनुसार स्थानीय तहले आआफ्नो सभामा मङ्गलबार बजेट पेस गर्ने भएका हुन् ।

गत शुक्रबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय सरकारलाई परिपत्र गरी असार १० गतेभित्र आआफ्नो सभामा बजेट पेस गर्न आग्रह गरिसकेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com