landslide

घर भत्किँदा एक महिला घाइते

काभ्रेपलाञ्चोक, ७ असार । मण्डनदेउपुर नगरपालिका–७ कुन्ताबेसीमा घर भत्किँदा एक महिला गम्भीर घाइते हुनुभएको छ । दुई जनाको उद्धार गरिएको छ ।

landslideआज बिहान तीन बजे नवराज सापकोटाको घरको पर्खाल भत्केर छिमेकी थलप्रसाद सापकोटोको घरमा क्षति पुगेको हो । गारो भत्किएर थलप्रसादको घरमा डेरा गरी बस्ने ४६ वर्षीया विष्णुमाया तामाङ घाइते हुनुभएको हो ।

उनका श्रीमान् र दुई वर्षीया छोरी पुरिए पनि दुबै जनाको सकुशल उद्धार गरिएको हुगुवापाटी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक सानोकाजी तुलाधारले बताए ।

स्थानीयवासीको सहयोगमा पुरिएका तीनै जनाको तत्कालै उद्धार गरिएको हो । तामाङको टाउको र दायाँ खुट्टामा चोट लागेको छ ।रासस

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com