girirajmani

आज शिक्षामन्त्री पोख्रेल दाङ आउने  

इन्द्रेणी संवाददाता

शिक्षामन्त्री गिरिराजमणी पोखरेल शुक्रबार दाङ आउने भएका छन् । शिक्षामन्त्री भएपछी दाङ लाई शिक्षा क्षेत्रको हव बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएका मन्त्री पोख्रेल दाङको घोराही स्थित कृष्णसेन इच्छुक नमुना बहुप्राविधिक शिक्षालयको भवन शिलान्यास गर्न दाङ आउनलागेको शिक्षालयका प्रमुख यादव सुवेदीले जानकारी दिए ।

त्यस्तै शिक्षामन्त्री पोख्रेलले दाङको घोराही स्थित वालमन्दिर विद्यालयमा प्रदेश स्तरीय विशेष विद्यालयको भवन पनि शिलन्यास गर्ने कार्यक्रम तय भएको शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिए ।

त्यस्तै शिक्षामन्त्री पोख्रेलले भोलि नै दाङ को मानपुरमा रहेको शहीद स्मृति विद्यालयमा पनि बिद्यार्थीहरु संग भेटघाट गर्ने तय भएको छ । पोख्रेल शिक्षामन्त्री भएपछी दाङका १९ ओटा सरकारी विद्यालयले प्राविधिक विषय अध्यापनका लागि अनुमती पाएका छन् ।

About Kesharman Bc