f9270bdcdac32f1d0daed3931fe9d7e0.0

बेलाका सहायक बन अधिकृत घुस सहित पक्राउ

इन्द्रेणी संवाददाता

बेलाका सहायक वन अधिकृत रामज्ञाप्रसाद साहलाई अख्तियर दुरुपयोग अनुसन्धान आयोगको टोलिले २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

सव–वन डिभिजन कार्यालय बेलामा कार्यरत शाहलाइ सेवाग्राही बाट घुस लिदै गर्दा दाङ लमहीको एक होटेल बाट पक्राउ गरिएको हो ।

सामुदायिक वन दर्ता सिफारिस गरिदिए वाफत घुस रकम लिने क्रममा उनलाई लमही बाट पक्राउ गरिएको अख्तियार श्रोतले जनाएको छ ।

About Kesharman Bc