PM-Rojgar-Karyakram

भोलिदेखि तुलसीपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम

तुलसीपुर, २९ जेठ । तुलसीपुर उपमहानगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रको सुरुवात गर्ने भएको छ । तुलसीपुरको अरनिको मैदानामा विहिवार कार्यक्रमको उद्घाटन हुने भएको छ ।

PM-Rojgar-Karyakramउपमहानगरपालिका रोजगार संयोजक भागवत घिमिरेका अनुसार तुलसीपुरमा यस आर्थिक वर्षमा ६ सय जनालाई सहभागी गराइनेछ । १९ वटै वडामा आवश्यकता अनुसार उनीहरुलाई काममा लगाइने पनि संयोजक घिमिरले जानकारी दिए । ‘ यस वर्षलाई धेरैजसो शारीरिक श्रम नै गर्ने खालको काममा लगाइने छ ’ उनले भने ।

सरकारले वेरोजगारहरुलाई लक्षित गरेर युवा स्वरोजगार कार्यक्रम लागु गरेको थियो । सोही अनुसार स्थानीय तहहरुले आवश्यकता अनुसार उनीहरुलाई प्रयोग गर्ने भएका हुन् । तुलसीपुरमा सडक विस्तार, सरसफाई, वजार व्यवस्थापन, वृक्षारोपण, तटवन्ध र जलाशय संरक्षण जस्ता काममा लगाइने भएको पनि संयोजक घिमिरेले वताए ।

About indreni Newsdesk