tala

सहमतिपछि शिक्षा शाखाको ताला खुल्यो

तुलसीपुर, २९ जेठ । तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखामा लागेको ताला खुलेको छ । विभिन्न शैक्षिक सुधारको माग राखेर विद्यार्थी संगठनहरुले लगायतको ताला सहमतिमा खोलिएको हो ।

talaतुलसीपुर उपमहानगरपालिकामा शिक्षा समिति, विद्यार्थी संगठन, प्याब्सन, एनप्याव्सन र पत्रकारका विचमा भएको सहमति अनुसार ताला खोलिएको हो ।

उपमहानगरपालिकाले विभिन्न सामुदायिक र संस्थागत विद्यालयले लिएको शैक्षिक र मासिक शुल्क, छात्रवृत्ति लगायतका विषयमा विवरण संकलन गरेर त्यसको अनुगमन गर्ने भएपछि सहमति भएको हो ।

असार ३ गतेसम्म विवरण संकलन गरेर ५ गतेबाट विद्यालय अनुगमनमा जाने गरी वैठकमा सहमति भएको छ । अनुगमनका लागि शिक्षा संयोजक देवराज विकको संयोजकत्वमा समिति समेत गठन गरिएको छ ।

About indreni Newsdesk