pakrau

ठगी गरेको आरोपमा एक जना प्रहरी नियन्त्रणमा

इन्द्रेणी संवाददाता
दाङ, २८ जेठ । दाङमा प्रहरीले एक जनालाई ठगी गरेको आरोपमा पक्राउ गरेको छ । सामाजिक रुपान्तरणका लागि हाम्रो अभियान संस्थाको नाममा उक्त संस्थाबाट वाख्रा र वंगुर उपलव्ध गराइदिने भन्दै ठगी गरेको आरोपमा घोराहही २ का शिवलाल विकलाई प्रहरीले पक्राउ गरेको हो ।

pakrauविकले सो संस्थाको नाममा रसिद काटेर ठगी गरेको आरोप लागेको छ । घोराही २ का रामकली चौधरीको जाहेरीमा विकलाई प्रहरीले सोमवार पक्राउ गरेको हो । उनीबाट प्रहरीले संस्थाको रसिद, छाप र नगद पनि वरामद गरेको छ । विकमाथि प्रहरीले आवश्यक अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङले जजाएको छ ।

About indreni Newsdesk