rukum

मुसीकोट जातीय छुवाछुत मुक्त घोषणा

रुकुमपश्चिम । मुसीकोट नगरपालिका जातीय छुवाछुत मुक्त घोषणा भएको छ । एक कार्यक्रमबीच कर्णाली प्रदेश सरकार, सामाजिक विकास समितिका सभापति राजु नेपालीले जातीय छुवाछुत मुक्त तथा सामाजिक सद्भाव युक्त नगरपालिका घोषणा गरे ।

rukumनगरपालिकाभित्र जातका नाममा कुनै प्रकारको विभेद नरहेकाले १४ वटै वडालाई जातीय छुवाछुत मुक्त तथा सामाजिक सद्भाव युक्त घोषणा गरिएको नेपालीले बताए । जिल्लामा स्थानीय तहगत रुपमा जातीय छुवाछुत मुक्त घोषणा अभियान तीव्र पारिएको छ । छ स्थानीय तह रहेको मुसीकोट जातीय छुवाछुत मुक्त तथा सामाजिक सद्भाव युक्त घोषणा हुने अन्तिम स्थानीय तह हो ।

नगरलाई जातीय छुवाछुत मुक्त घोषणा गर्नुका साथै यसलाई सफल पार्नका लागि आठ बुँदे प्रतिबद्धता व्यक्त गरिएको नगरप्रमुख देवीलाल गौतमले बताए । अन्तरजातीय विवाह स्वीकार्ने परिवारको नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने उनले बताए । रासस

About indreni Newsdesk