accdent

बस र ट्याङ्कर ठोकिदा १८ जना घाइते

चितवन, २६ जेठ । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नं को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १४०४७ नं को बस आपसमा ठोकीदा १८ जना घाइते र्भका छन् । पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा वस र ट्याङकर एकआपसमा ठाकिएका थिए ।

accdentघाइतेमध्ये चारको अवस्था जटिल रहेको मुग्लिन इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये छ जनालाई कुरिनघाटस्थित पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको र अन्यको सोही पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

About indreni Newsdesk