cheu

जंगली च्याउ खाएर दुई जना बालक ज्यान गयो नौ जना बिरामी

पाल्पा, २६ जेठ । जंगली च्याउ खाँदा पाल्पामा दुई जना बालकको ज्यान गएको छ ।

cheuजंगली च्याउ खाँदा निस्दी गाउँपालिका–३, झिरुवासको सार्कीडाँडाकी नौ वर्षीया निर्मला सिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरीको मृत्यु भएको हो ।

च्याउ खाएपछि बिरामी परेका दुई बालकको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको ।

त्यसैगरी च्याउ खाँदा नौ जना बिरामी परेका छन् । स्थानीय पुरन खाम्चा, उनकी श्रीमती चन्द्री र छोरी निर्मला, प्रेमबहादुर सिंह ठकुरी, दानकुमारी सिंह, सुमन सिंह, धनकुमारी सिंह र नरुता सिंह विरामी परेका छन् । विरामीको नवलपुरस्थित मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ ।

About indreni Newsdesk